

काठमाडौं,३० असोज। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका कमजोरी र विकृति हटाउँदै कांग्रेसलाई थप सुदृढ बनाएर अघि बढ्ने बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी आन्तरिक अलमलमा अल्झिएर बस्न नहुनेमा जोड दिएका हुन्।
Advertisement

Advertisement
Advertisement
थापाले पार्टीलाई स्वच्छ र व्यवस्थित बनाउँदै विभिन्न पुस्तालाई जोडेर अघि बढ्नुपर्ने बताए। सामाजिक सञ्जालमा लोकप्रिय हुने प्रतिस्पर्धामा मात्रै सीमित नभई समसामयिक मुद्दामा गम्भीर छलफल र बहस गर्नुपर्ने उनको भनाइ थियो।
समाजमा रहेका विभिन्न समस्या समाधान गर्न सबै प्रश्नको उत्तर आफूसँग नहुन सक्ने उल्लेख गर्दै उनले समस्याबाट भाग्नुभन्दा तिनको पहिचान र समाधानका लागि गहन विमर्श आवश्यक रहेको बताए।
कांग्रेसलाई समयानुकूल बनाउँदै विभिन्न पुस्ताका विचार र आवाजलाई समेटेर अघि बढ्नुपर्नेमा पनि सभापति थापाले जोड दिए।





