

भैरहवा,३० असोज। रुपन्देहीको भैरहवास्थित भीम अस्पतालले दसैँ बिदाको अवधिमा पनि अत्यावश्यक स्वास्थ्य सेवाहरु सञ्चालन गर्ने भएको छ।
अस्पतालले एक सूचना जारी गर्दै असोज ३१ गतेदेखि कात्तिक ८ गतेसम्म सार्वजनिक बिदा भए पनि बहिरङ्ग सेवा (ओपीडी) बाहेकका अत्यावश्यक स्वास्थ्य सेवा नियमित रुपमा संचालनमा रहने जनाएको हो।
Advertisement

Advertisement
Advertisement
अस्पतालका अनुसार, बिदाको समयमा कुकुरले टोकेपछि लगाइने एन्टी रेबिज भ्याक्सिन (एआरभी) खोप सेवा आकस्मिक सेवा विभागमार्फत सञ्चालन हुनेछ। यस्तै, सामाजिक सेवा इकाईबाट उपलब्ध हुँदै आएका सेवाहरु अस्पतालको काउन्टरबाट प्रदान गरिनेछ।
अस्पतालले बिदाका बेला स्वास्थ्य समस्या देखिएमा वा आकस्मिक उपचार आवश्यक परेमा आकस्मिक सेवा विभागमा सम्पर्क गर्न सेवाग्राही तथा सर्वसाधारणलाई आग्रह गरेको छ।





