

भैरहवा,३० असोज। भारतबाट अवैध रुपमा ल्याइएको पेन्ड्राइभ सशस्त्र प्रहरीले बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म डण्डाबाट खटिएको मोबाइल टोलीले सिद्धार्थनगर नगरपालिका–१ स्थित बाइपास क्षेत्रमा चेकजाँचका क्रममा ५ लाख ३९ हजार रुपैयाँ बराबरको ९८० थान पेन्ड्राइभ बरामद गरेको सशस्त्र प्रहरीको मुख्यालयले जनाएको छ।
Advertisement

Advertisement
Advertisement
सशस्त्र प्रहरीका अनुसार, बरामद सामग्री भैरहवा भन्सार कार्यालयमा बुझाइएको छ ।
कमेन्ट गर्नुस्





