

काठमाडौं,३० असोज। पूर्वराजा ज्ञानेन्द्र शाहले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको शीघ्र पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्।
विजया दशमीको शुभकामना सन्देश जारी गर्दै उनले यस वर्षको वर्षायाममा भोटेकोशी र बुढीगण्डकीमा आएको बाढी तथा अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको उल्लेख गरेका छन्। विपद्बाट उत्पन्न पीडा न्यूनीकरण गर्न पूर्वतयारी र सावधानी अपनाउनुपर्नेमा पनि उनले जोड दिएका छन्।
Advertisement

Advertisement
Advertisement
उनले जनताको पीडा नै सिंगो देश र राज्यको साझा पीडा भएको उल्लेख गर्दै विपद् प्रभावित नागरिकको शीघ्र पुनःस्थापना तथा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणलाई प्रमुख प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। पुनर्निर्माणका क्रममा बाह्य सहयोग लिँदा देशको स्वाभिमान र स्थानीय परम्पराको संरक्षण हुने गरी कूटनीतिक चातुर्य अपनाउनुपर्ने उनको भनाइ छ।
उनले राष्ट्रिय हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राख्दै आपसी सद्भाव, एकता र आत्मनिर्भरतालाई बलियो बनाएर सबल नेपाल निर्माण गर्न सबैलाई आग्रह गरेका छन्।





