

विराटनगर,२७ असोज। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले प्रदेशलाई दिएको एकल तथा साझा अधिकार संघीय सरकारले अझै हस्तान्तरण गर्न नसकेको बताएका छन्। संविधान जारी भएको एक दशक बितिसक्दा पनि प्रदेशले आफ्नो अधिकारका लागि पटक–पटक आवाज उठाउनुपर्ने अवस्था रहेको उनले बताए ।
कोशी प्रदेश सरकारले आयोजना गरेको मुख्यमन्त्री सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारलाई प्रभावकारी बनाउन प्रहरी, प्रशासन, शिक्षा तथा वित्तीय अधिकार संविधानको मर्मअनुसार हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।
Advertisement

Advertisement
Advertisement
उनले प्रदेश प्रहरी प्रदेश सरकार मातहत ल्याउन प्रहरी ऐन तथा प्रशासनिक संयन्त्र बलियो बनाउन संघीय निजामती सेवा ऐन आवश्यक रहेको उल्लेख गर । साथै, शिक्षा ऐन नआउँदा विद्यालय समायोजनजस्ता सामान्य कामसमेत गर्न प्रदेश सरकारलाई कठिनाइ भइरहेको बताए ।
तीन तहका सरकारबीच सहकार्य, सहअस्तित्व र समन्वयबाट मात्रै संघीयता प्रभावकारी हुने उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशका साझा समस्या पहिचान गरी समाधानका लागि सम्मेलनले ठोस निष्कर्ष निकाल्ने विश्वास व्यक्त गरे ।





