Close Menu
    What's Hot

    बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर, अन्य पदमा को-को ?

    २०८३ आश्विन २७, मंगलवार १२:१३ गते

    भैरहवामा मंसिर १७ देखि दसौँ लुम्बिनी राष्ट्रिय महोत्सव

    २०८३ आश्विन २७, मंगलवार १३:४४ गते

    चार महिनापछि गुल्मीमा उड्न थाल्यो विमान

    २०८३ आश्विन २७, मंगलवार १३:१८ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    अर्थ

    भैरहवामा मंसिर १७ देखि दसौँ लुम्बिनी राष्ट्रिय महोत्सव

    क्लिक लुम्बिनी२०८३ आश्विन २७, मंगलवार १३:४४ गते0
    अर्थ

    चार महिनापछि गुल्मीमा उड्न थाल्यो विमान

    क्लिक लुम्बिनी२०८३ आश्विन २७, मंगलवार १३:१८ गते0
    अर्थ

    अब सवारीधनी उपस्थित नभए पनि सवारी दर्ता र नामसारी हुने

    क्लिक लुम्बिनी२०८३ आश्विन २७, मंगलवार १३:०३ गते0
    फोकस लुम्बिनी

    ‘संघीय सरकार प्रदेशका अधिकार हस्तान्तरण गर्न उदासीन’

    क्लिक लुम्बिनी२०८३ आश्विन २७, मंगलवार १२:४३ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » चार महिनापछि गुल्मीमा उड्न थाल्यो विमान
    अर्थ

    चार महिनापछि गुल्मीमा उड्न थाल्यो विमान

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ आश्विन २७, मंगलवार १३:१८ गते
    advertisement
    advertisement
    advertisement

    गुल्मी,२७ असोज। प्रतिकूल मौसमका कारण करिब चार महिनादेखि अवरुद्ध गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ। सेवा सुरु भएसँगै मंगलबार काठमाडौंबाट १३ यात्रु बोकेर आएको विमान रेसुङ्गामा अवतरण गरेको थियो भने गुल्मीबाट दुई यात्रु लिएर काठमाडौं फर्किएको थियो।

    गत जेठको तेस्रो सातादेखि अवरुद्ध भएको हवाई उडान आजदेखि संचालनमा आएको गुल्मीको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    नेपाल वायुसेवा निगमले मौसम अनुकूल भएसँगै सातामा तीन दिन आइतबार, मंगलबार र शुक्रबार उडान गर्ने तालिका निर्धारण गरेको छ।

    निगमको १८ सिट क्षमताको ट्वीनअटर विमानमार्फत सञ्चालन हुने उडानका लागि काठमाडौं–गुल्मी भाडा १० हजार ७१० रुपैयाँ र गुल्मी–काठमाडौं भाडा १० हजार ५१० रुपैयाँ तोकिएको छ।

    लामो समय हवाई सेवा अवरुद्ध हुँदा वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक कामले काठमाडौं जानुपर्ने यात्रु बढी प्रभावित भएका थिए। सडकमार्गबाट काठमाडौं पुग्न १२ देखि १६ घण्टासम्म लाग्ने यस क्षेत्रका नागरिकले हवाई सेवामार्फत ४५ देखि ५० मिनेटमै यात्रा गर्न सक्नेछन्।

    नेपाल वायुसेवा निगमले २०८० वैशाख २९ गतेदेखि रेसुङ्गा विमानस्थलबाट व्यावसायिक उडान सुरु गरेको थियो। पछिल्लो समय इन्धनको मूल्यवृद्धि, सडक पूर्वाधारको स्तरोन्नति र सहज सार्वजनिक यातायातका कारण विमानस्थलबाट यात्रा गर्ने यात्रुको सङ्ख्यामा भने कमी आएको बताइएको छ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    गुल्मी नेपाल वायुसेवा निगम रेसुङ्गा विमानस्थल
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भैरहवामा मंसिर १७ देखि दसौँ लुम्बिनी राष्ट्रिय महोत्सव

    २०८३ आश्विन २७, मंगलवार १३:४४ गते

    अब सवारीधनी उपस्थित नभए पनि सवारी दर्ता र नामसारी हुने

    २०८३ आश्विन २७, मंगलवार १३:०३ गते

    ‘संघीय सरकार प्रदेशका अधिकार हस्तान्तरण गर्न उदासीन’

    २०८३ आश्विन २७, मंगलवार १२:४३ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.