Close Menu
    What's Hot

    झुट्टा उजुरी दिनेलाई अख्तियारले गर्यो कारवाही

    २०८३ आश्विन २९, बिहीबार २२:०० गते

    सामुदायिक विद्यालयमा विकास योजना : भैरहवाको लीलाराम पनि पर्यो सूचीमा

    २०८३ आश्विन २९, बिहीबार २१:३९ गते

    ३६ किलो चरेससहित बसपार्कबाट एक जना पक्राउ

    २०८३ आश्विन २८, बुधबार २३:४७ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    झुट्टा उजुरी दिनेलाई अख्तियारले गर्यो कारवाही

    क्लिक लुम्बिनी२०८३ आश्विन २९, बिहीबार २२:०० गते0
    विशेष

    सामुदायिक विद्यालयमा विकास योजना : भैरहवाको लीलाराम पनि पर्यो सूचीमा

    क्लिक लुम्बिनी२०८३ आश्विन २९, बिहीबार २१:३९ गते0
    विशेष

    ३६ किलो चरेससहित बसपार्कबाट एक जना पक्राउ

    क्लिक लुम्बिनी२०८३ आश्विन २८, बुधबार २३:४७ गते0
    समाचार

    भैरहवामा डान्डिया र भगवती रात्रि जागरण हुँदै

    क्लिक लुम्बिनी२०८३ आश्विन २८, बुधबार २३:२० गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » सामुदायिक विद्यालयमा विकास योजना : भैरहवाको लीलाराम पनि पर्यो सूचीमा
    विशेष

    सामुदायिक विद्यालयमा विकास योजना : भैरहवाको लीलाराम पनि पर्यो सूचीमा

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ आश्विन २९, बिहीबार २१:३९ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले देशभरका दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकासका लागि ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

    मन्त्रालयका अनुसार, योजनाको पहिलो चरणमा ८९ विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको छ।प्रतिविद्यालय करिब ६ करोड रुपैयाँको लागतमा १२ कोठे तीनतले भवन, आधुनिक प्रयोगशाला र पुस्तकालय निर्माण गरिने बताइएको छ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    पहिलो चरणमा छनोट भएका विद्यालयमध्ये मधेश प्रदेशका ३३ वटा छन्। लुम्बिनी प्रदेशका २१ वटा विद्यालय पूर्वाधार विकासका लागि छनोट भएका छन्। जसमा भैरहवास्थित रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालयसहित रुपन्देहीको ८ र दाङका ६ वटा विद्यालय समावेश छन्।

    त्यस्तै कोशीका १८, सुदूरपश्चिम र गण्डकीका ६–६, कर्णालीका ३ तथा बागमतीका २ विद्यालय छनोट भएका छन्।

    मधेश प्रदेशमा साक्षरता दर, शैक्षिक सूचकांक र सामुदायिक विद्यालयको गुणस्तर सुधारमा थप ध्यान दिनुपर्ने भएकाले यस प्रदेशलाई प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ।

    शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार, योजनाले विद्यालयको भौतिक संरचना सुदृढ गर्नुका साथै विद्यार्थीका लागि सुरक्षित, व्यवस्थित र प्रभावकारी सिकाइ वातावरण निर्माण गर्न सहयोग पुर्‍याउनेछ।

    यी हुन् पहिलो चरणमा छानिएका ८९ विद्यालय :

    लुम्बिनी प्रदेश (२१ वटा विद्यालय)

    रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालय – सिद्धार्थनगर नगरपालिका, रुपन्देही
    कालिका मानव ज्ञान माध्यमिक विद्यालय – बुटवल उप महानगरपालिका, रुपन्देही
    नविन औद्योगिक रिता माध्यमिक विद्यालय – बुटवल उप महानगरपालिका, रुपन्देही
    शान्ति नमुना माध्यमिक विद्यालय – तिलोत्तमा नगरपालिका, रुपन्देही
    कान्ति भैरम माध्यमिक विद्यालय – बुटवल उप महानगरपालिका, रुपन्देही
    पब्लिक माध्यमिक विद्यालय – सियारी गाउँपालिका, रुपन्देही
    रामापुर माध्यमिक विद्यालय – सैनामैना नगरपालिका, रुपन्देही
    सैनामैना माध्यमिक विद्यालय – सैनामैना नगरपालिका, रुपन्देही
    नेपाल आदर्श माध्यमिक विद्यालय – शिवराज नगरपालिका, कपिलवस्तु
    जनता माध्यमिक विद्यालय – बाणगंगा नगरपालिका, कपिलवस्तु
    पद्मोदय पब्लिक माध्यमिक विद्यालय – घोराही उप महानगरपालिका, दाङ
    माध्यमिक विद्यालय रजेना – घोराही उप महानगरपालिका, दाङ
    माध्यमिक विद्यालय तुलसीपुर सेन्टर – तुलसीपुर उप महानगरपालिका, दाङ
    सिद्द रत्न माध्यमिक विद्यालय – तुलसीपुर उप महानगरपालिका, दाङ
    गुरु जजुर माध्यमिक विद्यालय – तुलसीपुर उप महानगरपालिका, दाङ
    बाल विकास माध्यमिक विद्यालय – घोराही उप महानगरपालिका, दाङ
    रामतुलसी माध्यमिक विद्यालय – रामपुर नगरपालिका, पाल्पा
    त्रिभुवन माध्यमिक विद्यालय – कोहलपुर नगरपालिका, बाँके
    धम्बोझी माध्यमिक विद्यालय – नेपालगञ्ज उप महानगरपालिका, बाँके
    मङ्गलप्रसाद माध्यमिक विद्यालय – नेपालगञ्ज उप महानगरपालिका, बाँके
    बालकल्याण माध्यमिक विद्यालय – रोल्पा नगरपालिका, रोल्पा

    कोशी प्रदेश (१८ वटा विद्यालय)

    त्रियुगा नमूना माध्यमिक विद्यालय – त्रियुगा नगरपालिका, उदयपुर
    त्रिवेणी माध्यमिक विद्यालय – कटारी नगरपालिका, उदयपुर
    धुलाबारी माध्यमिक विद्यालय – मेचीनगर नगरपालिका, झापा
    हिमालय माध्यमिक विद्यालय – दमक नगरपालिका, झापा
    देवी माध्यमिक विद्यालय – विर्तामोड नगरपालिका, झापा
    महेन्द्र रत्न माध्यमिक विद्यालय – विर्तामोड नगरपालिका, झापा
    कन्काई माध्यमिक विद्यालय – कन्काई नगरपालिका, झापा
    मोहनमाया माध्यमिक विद्यालय – विर्तामोड नगरपालिका, झापा
    भानु माध्यमिक विद्यालय – फुङ्लिङ नगरपालिका, ताप्लेजुङ
    फिदिम माध्यमिक विद्यालय – फिदिम नगरपालिका, पाँचथर
    साजीलाल माध्यमिक विद्यालय – सुन्दरहरैचा नगरपालिका, मोरङ
    राधिका माध्यमिक विद्यालय – उर्लाबारी नगरपालिका, मोरङ
    पञ्चायत माध्यमिक विद्यालय – पथरीशनिश्चरे नगरपालिका, मोरङ
    सुकुना माध्यमिक विद्यालय – सुन्दरहरैचा नगरपालिका, मोरङ
    पोखरिया माध्यमिक विद्यालय – विराटनगर महानगरपालिका, मोरङ
    आदर्श माध्यमिक विद्यालय – विराटनगर महानगरपालिका, मोरङ
    जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय – बराहक्षेत्र नगरपालिका, सुनसरी
    पब्लिक हाई स्कुल – धरान उप महानगरपालिका, सुनसरी

    मधेश प्रदेश (३३ वटा विद्यालय)

    शंकट मोचन देवशरण माध्यमिक विद्यालय – जनकपुरधाम उप महानगरपालिका, धनुषा
    जनता मोडेल माध्यमिक विद्यालय – विदेह नगरपालिका, धनुषा
    विद्यानाथ देवनारायण जनता मोडेल विद्यालय – मुखियापट्टी मुसहरनिया गाउँपालिका, धनुषा
    गोगल प्रसाद नमुना माध्यमिक विद्यालय – जनकपुरधाम उप महानगरपालिका, धनुषा
    याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय – जनकपुरधाम उप महानगरपालिका, धनुषा
    नरसिंह माध्यमिक विद्यालय – वीरगञ्ज महानगरपालिका, पर्सा
    त्रिजुद्ध महावीर रघुवीर दास माध्यमिक विद्यालय – वीरगञ्ज महानगरपालिका, पर्सा
    जिल्ला उचाङ्गाल रामदेव ९ कलवार माध्यमिक विद्यालय – पोखरिया नगरपालिका, पर्सा
    माइस्थान विद्यापिठ माध्यमिक विद्यालय – वीरगञ्ज महानगरपालिका, पर्सा
    नेपाल राष्ट्रिय मोडल माध्यमिक विद्यालय – जितपुर सिमरा उप महानगरपालिका, बारा
    दुर्गा माध्यमिक विद्यालय – कलैया उप महानगरपालिका, बारा
    गौरीशंकर माध्यमिक विद्यालय – निजगढ नगरपालिका, बारा
    गढीमाई महेन्द्र प्राविधिक माध्यमिक विद्यालय – महागढीमाई नगरपालिका, बारा
    श्री ३ चन्द्र माध्यमिक विद्यालय – कलैया उप महानगरपालिका, बारा
    भेरुखी माध्यमिक विद्यालय – लोहरपट्टी नगरपालिका, महोत्तरी
    राष्ट्रिय माध्यमिक विद्यालय – साम्सी गाउँपालिका, महोत्तरी
    महेन्द्र रा माध्यमिक विद्यालय – रामगोपालपुर नगरपालिका, महोत्तरी
    सरस्वती माध्यमिक विद्यालय – गढीमाई नगरपालिका, रौतहट
    कटहरिया माध्यमिक विद्यालय – कटहरिया नगरपालिका, रौतहट
    जनता माध्यमिक विद्यालय सोनरनिया – मौलापुर नगरपालिका, रौतहट
    जुद्द माध्यमिक विद्यालय – गौर नगरपालिका, रौतहट
    नेमधारी बासुदेव नमुना माध्यमिक विद्यालय – राजदेवी नगरपालिका, रौतहट
    रामचन्द्र माध्यमिक विद्यालय – गरुडा नगरपालिका, रौतहट
    नमुना माध्यमिक विद्यालय वरगजवा – वृन्दावन नगरपालिका, रौतहट
    जनज्योति माध्यमिक विद्यालय – चन्द्रपुर नगरपालिका, रौतहट
    जय किसन माध्यमिक विद्यालय – देबाही गोनाही गाउँपालिका, रौतहट
    माध्यमिक विद्यालय पथरा बुधराम – मौलापुर नगरपालिका, रौतहट
    सरस्वती माध्यमिक विद्यालय – दुर्गा भगवती गाउँपालिका, रौतहट
    नारायण माध्यमिक विद्यालय – ईश्वरपुर नगरपालिका, सर्लाही
    जनज्योती माध्यमिक विद्यालय – लालबन्दी नगरपालिका, सर्लाही
    बेनीभोला मोडेल माध्यमिक विद्यालय – गोडैता नगरपालिका, सर्लाही
    मोहन माध्यमिक विद्यालय – मिर्चैया नगरपालिका, सिरहा
    चन्द्र माध्यमिक विद्यालय – सिरहा नगरपालिका, सिरहा

    बागमती प्रदेश (२ वटा विद्यालय)

    गान्धी माध्यमिक विद्यालय – कागेश्वरी मनोहरा नगरपालिका, काठमाडौं
    नारायणी नमूना माध्यमिक विद्यालय – भरतपुर महानगरपालिका, चितवन

    गण्डकी प्रदेश (६ वटा विद्यालय)

    अमरसिंह माध्यमिक विद्यालय – पोखरा महानगरपालिका, कास्की
    कालिका माध्यमिक विद्यालय – पोखरा महानगरपालिका, कास्की
    छोरेपाटन माध्यमिक विद्यालय – पोखरा महानगरपालिका, कास्की
    जनक माध्यमिक विद्यालय – गैडाकोट नगरपालिका, नवलपरासी पूर्व
    भीमसेन आदर्श माध्यमिक विद्यालय – देवचुली नगरपालिका, नवलपरासी पूर्व
    सत्यवती माध्यमिक विद्यालय – व्यास नगरपालिका, तनहुँ

    कर्णाली प्रदेश (३ वटा विद्यालय)

    चन्दननाथ माध्यमिक विद्यालय – चन्दननाथ नगरपालिका, जुम्ला
    अमरज्योति माध्यमिक विद्यालय – वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
    जन माध्यमिक विद्यालय – वीरेन्द्रनगर नगरपालिका, सुर्खेत

    सुदूरपश्चिम प्रदेश (६ वटा विद्यालय)

    महेन्द्रनगर माध्यमिक विद्यालय – भीमदत्त नगरपालिका, कञ्चनपुर
    त्रिनगर माध्यमिक विद्यालय – धनगढी उप महानगरपालिका, कैलाली
    दुर्गालक्ष्मी मोडेल माध्यमिक विद्यालय – गोदावरी नगरपालिका, कैलाली
    कर्णाली माध्यमिक विद्यालय – टीकापुर नगरपालिका, कैलाली
    महेन्द्र मोडल माध्यमिक विद्यालय – महाकाली नगरपालिका, दार्चुला
    मालिका माध्यमिक विद्यालय – बडीमालिका नगरपालिका, बाजुरा

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    भैरहवा रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालय शिक्षा तथा खेलकुद मन्त्रालय
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    झुट्टा उजुरी दिनेलाई अख्तियारले गर्यो कारवाही

    २०८३ आश्विन २९, बिहीबार २२:०० गते

    ३६ किलो चरेससहित बसपार्कबाट एक जना पक्राउ

    २०८३ आश्विन २८, बुधबार २३:४७ गते

    भैरहवामा डान्डिया र भगवती रात्रि जागरण हुँदै

    २०८३ आश्विन २८, बुधबार २३:२० गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.