

भैरहवा, २८ असोज। रुपन्देही प्रहरीले ठूलो परिमाणमा चरेससहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाल्पाको रामपुर नगरपालिका-९ का ५३ वर्षीय लुकबहादुर रखाल रहेको प्रहरीले जनाएको छ।
बुटवलको नयाँ बसपार्कमा लागुऔषधको कारोबार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले ३६ किलो लागुऔषध चरेस जस्तो देखिने पदार्थसहित रखाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
Advertisement

Advertisement
Advertisement
प्रहरीका अनुसार, जिल्ला अदालत रुपन्देहीबाट पाँच दिनको म्याद थप गरेर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।





