
काठमाडौं,२९ चैत। नेपाली कांग्रेसले प्रतिनिधि सभा संसदीय दलको नेता आगामी वैशाख ४ गते छनौट गर्ने भएको छ।
कांग्रेसको निर्वाचन समितिका संयोजक प्रकाश स्नेहीका अनुसार, वैशाख ३ गते सहमति प्रयास गर्दा नजुटेमा ४ गते निर्वाचन गर्ने तयारी भएको छ। दलको नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे र मोहन आचार्यसहितका सांसदहरु दौडमा छन् ।
Advertisement

Advertisement
Advertisement

‘वैशाख २ गते निर्वाचन समितिको बैठक बसेर संसदीय दलको नेता चयनका लागि तालिका ल्याउने तयारी गरेका छौँ’,उनले भने, ‘वैशाख ३ गते सर्वसम्मतिका लागि प्रयास हुनेछ। त्यहाँ सहमति हुन नसकेमा चुनावबाट दलको नेता चयन हुन्छ।’
नेताहरु प्रदेशगत निर्वाचन समीक्षामा खटिएकाले संसदीय नेता चयनमा ढिलाइ भएको उनको भनाई छ ।

