


भैरहवा,९ बैशाख। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-९ (भैरहवा) स्थित कठौतियामा बस्दै आएका एक युवक बेपत्ता भएका छन् ।
आफुहरुसँगै बस्दै आएका १९ वर्षीय सलमान खान गत शनिबार (बैशाख ५ गते) साँझदेखि घरबाट रिसाएर निस्किएपछि सम्पर्कमा नरहेको युवकका भिनाजु कलामुद्दीन खानले बताए। बेपत्ता भएका युवकले निलो रंगको टिर्सट र निलो रंग जिन्स पाइन्ट लगाएको बताइएको छ ।

उनले दिएको जानकारी अनुसार, अपाङ्गता भएका व्यक्ति (हिड्डुल गर्नमा असहजता र बोल्न असमर्थ) समेत रहेको र उनको खोजी कार्य जारी रहे पनि हालसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन।
यदि कसैले उनलाई कतै देखेमा नजिकको प्रहरी कार्यालय वा परिवारको सम्पर्क नम्बर 9811988043 मा जानकारी गराउन उनले अनुरोध गरे ।

