
काठमाडौं,१४ बैशाख । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेताका रुपमा चयन गर्ने निर्णय गरेको छ। बैठकले उनलाई सर्वसम्मत रुपमा दलको नेता बनाउने निर्णय गरेको हो।
उक्त निर्णयलाई अब बस्ने संसदीय दलको बैठकबाट औपचारिक रुपमा अनुमोदन गर्ने तयारी गरिएको छ। २०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनपछि कांग्रेसले पहिलोपटक सर्वसम्मत रुपमा दलको नेता चयन गर्न लागेको हो ।
Advertisement

Advertisement
Advertisement

आङ्देम्बे नेपाली कांग्रेसका समानुपातिकतर्फका सांसद हुन्।
कमेन्ट गर्नुस्

