


काठमाडौं,१५ वैशाख। मुलुकमा चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान गरिए पनि प्रतिव्यक्ति आयमा उल्लेख्य सुधार देखिएको छैन।
प्रतिव्यक्ति कुल राष्ट्रिय आय गत आर्थिक वर्षमा १ हजार ५३५ अमेरिकी डलर रहेकै अवस्थामा चालु आर्थिक वर्ष २०८२र८३ मा पनि सोही स्तर १ हजार ५३५ अमेरिकी डलरमै कायम रहने देखिएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन भने बढ्ने भएको छ। आर्थिक वर्षको अन्त्यसम्म यस्तो उत्पादन २ हजार ४४ अमेरिकी डलर पुग्ने अनुमान छ, जुन गत आर्थिक वर्षको १ हजार ९९४ अमेरिकी डलरको तुलनामा वृद्धि हो।
यस्तै, प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आयमा सामान्य गिरावट आएको छ। गत आर्थिक वर्षमा १ हजार ५१६ अमेरिकी डलर रहेको यस्तो आय चालु आर्थिक वर्षमा १ हजार ५१३ अमेरिकी डलरमा झर्ने प्रक्षेपण गरिएको छ।

