
बुटवल,१६ वैशाख। रुपन्देहीको देवदह नगरपालिका-१० को भलुहीको गणेशनगरस्थित सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् ।
बुधवार मध्यान्ह बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु१ख ७२८५ नम्बरको माइक्रो बस र नारायणगढबाट बुटवल आउँदै गरेको बागमती प्रदेश ००ख ८९२८ नम्बरको ईभी माइक्रो ठोक्किएर दुर्घटना भएको हो ।
Advertisement

Advertisement
Advertisement

घाइते भएकामध्ये दुई जनाको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकहरुको परिचय नखुलेको प्रहरीको भनाइ छ ।
कमेन्ट गर्नुस्

