
भैरहवा, २२ बैशाख । सिद्धार्थनगर नगरपालिकाको कार्यालयले बजारमा बिक्री हुने खाद्यन्न लगायतका सबै उपभोग्य वस्तुमा अनिवार्य रुपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्न उद्योगी-व्यवसायीहरुलाई निर्देशन दिएको छ।
नगर कार्यपालिकाको कार्यालयले एक सूचना जारी गर्दै नेपाल सरकारको प्रचलित ऐन, नियमावलीअनुसार खाद्यवस्तुसहित सबै उपभोग्य सामग्रीमा एमआरपी राख्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै सोही व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले समेत सोही विषयमा पत्राचार गरेको जनाउँदै नगरपालिकाले सिद्धार्थनगरभित्रका उद्योगी, व्यवसायी र सरोकारवालालाई अनिवार्य रुपमा एमआरपी उल्लेख गर्न निर्देशन दिएको हो ।
हेर्नुहोस् सूचना:


