Close Menu
    What's Hot

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    २०८३ कार्तिक ३, सोमबार १९:३९ गते

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    अर्थ

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३८ गते0
    विशेष

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १८:३१ गते0
    फोकस लुम्बिनी

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १७:५२ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » हेल्लो सरकार ! मर्चवारको ‘वाटर एटिएम’ मा पानी कहिले आउँछ ?
    अर्थ

    हेल्लो सरकार ! मर्चवारको ‘वाटर एटिएम’ मा पानी कहिले आउँछ ?

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ बैशाख २९, मंगलवार १४:११ गते
    advertisement
    advertisement
    advertisement

    हृदयराम गुप्ता

    मर्चवार,२९ बैशाख । स्वच्छ र शुद्ध पानी पिउन पाउने प्रत्येक नागरिकको आधारभूत संवैधानिक अधिकार हो । तर, रुपन्देहीको मर्चवारमा भने स्थानीय र प्रदेश सरकारबीचको समन्वय अभावले नागरिकहरु स्वच्छ र शुद्ध पानी पिउनबाट बञ्चित भएका छन्।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    लुम्बिनी प्रदेश सरकारको करिब ३० लाख रुपैयाँ लगानीमा मर्चवारमा जडान गरिएको ‘वाटर एटिएम’ (भेन्डिङ मेसिन) कतै संचालनमै आएको छैन भने धेरै स्थानमा उद्घाटनको केही दिनमै बन्द हुन पुगेको छ।

    इलाका प्रशासन कार्यालय, प्रभु बैंक, विद्युत् प्राधिकरण र आँखा अस्पतालमा आउने हजारौँ सेवाग्राहीलाई लक्षित गरी मझगावाँस्थित मर्चवार लिफ्ट सिँचाइ जल उपभोक्ता संस्थाको परिसरमा जडान गरिएको ‘वाटर एटिएम’ दुई वर्ष बितिसक्दा पनि सञ्चालनमा नआएको स्थानीयहरुले बताए।

    त्यस्तै, धार्मिक पर्यटकीय स्थल कोटहीमाई र मर्चवारीदेवी मन्दिरमा जडान गरिएका मेसिनहरु पनि लामो समयदेखि बिग्रिएर थन्किएको छ। ‘मन्दिरमा आउने श्रद्धालुका लागि शुद्ध पिउने पानीको व्यवस्था हुँदा खुसी लागेको थियो’,कोटहीमाई–६ का स्थानीय राहुल यादवले भने, ‘तर १५ दिन नबित्दै मेसिन बन्द भयो । अहिले मेसिनमा जडान गर्ने निकायको नाम र नेताको फोटो मात्र छ।’

    मर्चवार लिफ्ट सिँचाइ जलउपभोक्ता संस्थाका सचिव जगन्नाथ प्रसाद कुर्मीले मझगावाँमा रहेका विभिन्न कार्यालयमा सेवाग्राहीको चाप रहेकोले उक्त वाटर एटिएम सञ्चालन गर्नु आवश्यक रहेको बताए। ‘शुद्ध खानेपानी स्वास्थ्यका लागि मात्र होइन, सेवाग्राहीप्रति राज्यको उत्तरदायित्वको पनि प्रतीक हो’,उनले भने,‘स्थानीय सरकार, सरकारी कार्यालय र सामाजिक संस्थाहरुले समन्वय गरेर यसको स्वामित्व लिनुपर्छ।’

    कोटहीमाई गाउँपालिका कार्यालयका प्रवक्ता संजय कुमार सैनीका अनुसार प्रदेश सरकारले गाउँपालिकालाई औपचारिक रुपमा हस्तान्तरण नगरेकोले लिन नसकिएको बताए। पानी र विद्युतको व्यवस्थापन तथा सञ्चालन सम्बन्धी स्पष्ट सहमति नभएकाले पालिकाले एकल जिम्मेवारी लिन सक्ने अवस्था नरहेको उनको भनाइ छ।

    स्थानीय तहले अपनत्व नलिँदा यस्ता जनमुखी योजना निष्क्रिय हुने गरेको लुम्बिनी प्रदेश सभा सदस्य वसीउद्दीन खाँ बताउँछन्। सार्वजनिक स्थल र मठमन्दिरको सेवा प्रवाह सुनिश्चित गर्ने जिम्मेवारी स्थानीय तहकै भएको जिकिर गर्दै संघ–संस्थाहरुले सामाजिक उत्तरदायित्वअन्तर्गत पनि यसलाई सहयोग गर्न सक्ने उनको सुझाव छ।

    वाटर एटिएम जडान गरेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भैरहवाका प्रमुख प्रकाश केसीले आफुले कार्यालयको जिम्मेवारी हालै सम्हालेको कारण योजनाका सम्बन्धमा जानकारी नभएको र बुझेर सञ्चालनका लागि पहल गर्ने बताए।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    कोटहीमाई गाउँपालिका मर्चवार वाटर एटिएम
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    २०८३ कार्तिक ३, सोमबार १९:३९ गते

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.