
भैरहवा,५ जेठ। गृह मन्त्रालयले ६ जना सहसचिव र २ जना उपसचिवहरुको सरुवा गरेको छ।
पाँच जना सहसचिवलाई प्रमुख जिल्ला अधिकारीको रुपमा विभिन्न जिल्लामा खटाइएको छ । त्यस्तै २ जना उपसचिवमध्ये एक जनालाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

सरुवासूची अनुसार, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेललाई करिब ७ महिनामै कारागार व्यवस्थापन विभागमा सरुवा गरिएको छ। पछिल्लो समयमा रुपन्देहीका सीडीओहरुलाई कार्यकाल अवधि पुरा नहुँदै हटाउने गरिएको छ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय दाङका सीडीओ विश्वप्रकाश अर्याललाई रुपन्देही सीडीओको जिम्मेवारी दिइएको छ भने गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालयमा कार्यरत निश्चलराज पाण्डेलाई दाङको सीडीओ बनाइएको छ ।
को–कहाँ पुगे ? हेर्नुहोस् सूची :


