
हृदयराम गुप्ता
मर्चवार,१३ जेठ । रुपन्देहीको कोटहीमाई गाउँपालिका–१ स्थित श्री लालबिहारी माध्यमिक विद्यालयमा आँखा तथा दाँत परीक्षण शिविर गरिएको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

रोटरी क्लब मेडिको फ्युजन, रोटरी क्लब अफ सेन्ट्रल बुटवल तथा रोटरी क्लब अफ तिनाउ बुटवलको संयुक्त आयोजना तथा श्री रण अम्बिका शाह आँखा अस्पताल, भैरहवा र आले डेन्टल क्लिनिक, बुटवलको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा करिब ३ सय विद्यार्थीहरुको स्वास्थ्य परीक्षण भएको कार्यक्रम संयोजक बाबुराम भट्टराईले जानकारी दिए।
ग्रामीण क्षेत्रका विद्यालयमा अध्ययनरत बालबालिकाको आधारभूत स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै शिविर आयोजना गरिएको रोटरी क्लबका अध्यक्ष पुरनबहादुर ज्ञवालीले बताए।उनका अनुसार, आँखा परीक्षण गरिएका करिब १ सय विद्यार्थीमध्ये करिब १० प्रतिशतमा र दाँत परीक्षण गरिएका २ सय विद्यार्थीमध्ये २५ जनामा दाँतसम्बन्धी सामान्य समस्या देखिएको छ।
समस्या देखिएका विद्यार्थीहरुलाई आवश्यक औषधी वितरण गर्नुका साथै स्वास्थ्यसम्बन्धी परामर्श समेत प्रदान गरिएको अध्यक्ष ज्ञवालीले बताए। नियमित स्वास्थ्य परीक्षणले बालबालिकामा हुने विभिन्न स्वास्थ्य समस्याको समयमै पहिचान र उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने उनको भनाइ छ।
रोटरी क्लब अफ सेन्ट्रल बुटवलको अध्यक्ष उमा आचार्यले समाजसेवामूलक कार्यलाई प्राथमिकतामा राखेर विद्यालयस्तरमा यस्ता स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताइन्। उनले रोटरी क्लबहरुले स्वास्थ्य, सरसफाइ, शिक्षा, अपाङ्गता भएका व्यक्तिहरुको सहयोग, विपन्न तथा न्यून आय भएका परिवारहरुको उत्थानका लागि विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिइन्।
शिविरबाट विद्यार्थी, अभिभावक तथा विद्यालय परिवार लाभान्वित भएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ।

