


काठमाडौं,१७ जेठ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा सम्बन्धी विषय कूटनीतिक संवादमार्फत समाधान गरिने बताएका छन्।
उनले आफु प्रधानमन्त्री भएपछि नेपालले पनि भारतको जग्गा मिचेको थाहा पाएको दाबी गरे। आज बसेको संसद बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै उनले यस्तो दाबी गरेका हुन् ।

‘म प्रधानमन्त्री भएपछि थाहा पाएको भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको रहेछ,’उनले भने, ‘यो विषयमा दुईपक्ष बसेर हेर्नुपर्नेछ ।’
नेपालका प्रधानमन्त्रीले संसद्मा आफ्नो देशले छिमेकी देशको सीमा मिचेको अभिव्यक्ति दिएको सम्भवतः पहिलोपटक हो।

