


बुटवल,१९ जेठ। बुटवलको अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा चोरी भएको छ।
पसलबाट करिब ८० तोला सुन तथा सुनका गरगहना चोरी भएको प्रारम्भिक अनुसन्धानमा पाइएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

पसल सञ्चालक पोखरा गएको र पसलको सीसीटीभी क्यामेरा बिग्रिएको अवस्थामा घटना भएकोले घटना शंकास्पद देखिएको बुटवलका डीएसपी निशान्त श्रीवास्तवले बताए।
घटनाका आइतबार रातिको भएपनि संचालक दीपक सेन्चुरी पोखराबाट सोमबार साँझ बुटवल फर्किएपछि घटनाका सम्बन्धमा प्रहरीलाई जानकारी गराएको प्रहरीले जनाएको छ। घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको डीएसपी श्रीवास्तवले बताए।

