
भैरहवा,२० जेठ। सरकारले स्थलमार्ग सीमा नाकाबाट आवतजावत गर्दा एक सय रुपैयाँ भन्दा बढीको सामान महसुल विना ल्याउन वा लैजान नपाइने नियमको सीमा बढाएको छ।अर्थ मन्त्रालयले नयाँ नियम सार्वजनिक गर्दै यसअघि एक सय रुपैयाँसम्म कायम रहेको छुट सीमा बढाएर ५ सय रुपैयाँ पुर्याएको हो।
राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ, ‘५ सय रुपैयाँसम्मका निजी प्रयोगका वस्तु साथै ल्याए वा लगेमा भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिई छाड्न सक्नेछ ।’ तर, स्थलमार्ग प्रयोग गर्ने यात्रुलाई हवाईमार्गबाट यात्रा गर्ने यात्रुसरहको सुविधा भने उपलब्ध गराइएको छैन।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement


भारतमा अध्ययनरत नेपाली विद्यार्थीका हकमा भने आफ्नो प्रयोगका लागि लगेको वा ल्याएको ट्याबलेट वा कम्प्युटरमध्ये कुनै एक थानमा भन्सार महसुल नलाग्ने व्यवस्था यथावत राखिएको छ।
यसअघि गत जेठ १५ गते राजपत्रमा प्रकाशित सूचनामा सीमा नाकाबाट १ सय रुपैयाँभन्दा बढी मूल्यका सामान भित्र्याउन नपाइने व्यवस्था गरिएको थियो। रास्वपाको नेतृत्वमा सरकार गठन भएपनि उक्त नियमको कार्यान्वयनका क्रममा सीमानाका क्षेत्रमा तनाव उत्पन्न भएको थियो ।
उक्त विषयले संघीय संसद्मा समेत प्रवेश पाएपछि सरकारमाथि नियम पुनरावलोकनको दबाब बढेको थियो।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त व्यवस्था अघिल्लो सरकारले ल्याएको बनाएको भन्दै छुट सीमा बढाउने आश्वासन दिएका थिए। सरकारले विगतमा पनि यस्ता नियममा पटक–पटक कडाइ गर्ने प्रयास गरे पनि प्रभावकारी कार्यान्वयनमा चुनौती सामना गर्दै आएको छ।

