


काठमाडौं,२१ जेठ। सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय सवारी साधन नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णु प्रसाद भट्टका अनुसार, गाडीको कागजात शंकास्पद देखिएपछि भन्सार छलिको आशंकामा बुधबार राति जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट उक्त गाडीहरु नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएका अधिकांश गाडी बीवाईडी कम्पनीको रहेको प्रहरीले जनाएको छ।

सशस्त्रले नियन्त्रणमा लिएका गाडीहरु कोरलाको याड, जोमसोम, पर्वतको कुश्मा र पोखराको ह्याम्जामा राखिएको र आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाइने सशस्त्र प्रहरीले जनाएको छ।

