
भैरहवा,२१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका जिल्ला संयोजक प्रज्जवल बोहराले पार्टी परित्याग गरेका छन् । बोहरा स्व. दीपक बोहराका छोरा हुन्। गत फागुनमा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रुपन्देही-१ बाट उनी राप्रपाका उम्मेदवार थिए ।
बिहीवार पार्टीका महामन्त्री डा.धवलशमशेर राणानिकट नेताहरुले सामूहिक राजीनामा दिएका हुन् ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

पार्टीका केन्द्रीय पदाधिकारीसहित १८३ जना नेता कार्यकर्ताले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्व शैलीप्रति असन्तुष्टि जनाउँदै हिनभाव, कमजोरी तथा आत्मकेन्द्रित कार्यशैलीका कारण पार्टी आफ्नो मूल नीति र सिद्धान्तबाट विचलित भएको लगायत आरोप लगाउँदै सामुहिक राजीनामा दिएका हुन्। सामूहिक राजीनामाको पत्रमा बोहराको नाम पनि समावेश छ।
पार्टी परित्याग गर्नेहरुमा शीर्ष तहका नेता मुकुन्दश्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायणप्रसाद कोइरालालगायत रहेका छन्।
र, यो पनि…
राप्रपाका पदाधिकारीसहित १८३ जनाले छाडे पार्टी (सूचीसहित)

