


काठमाडौं, २१ जेठ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय पदाधिकारीसहित १८३ जना नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन्।
पार्टीका महामन्त्री डा. धवलशमशेर राणानिकट नेताहरुले बिहीबार सामूहिक रुपमा राप्रपा छोडेको घोषणा गरेका हुन्। पार्टी परित्याग गर्नेहरुमा शीर्ष तहका नेता मुकुन्दश्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायणप्रसाद कोइरालालगायत रहेका छन्। प्राप्त सूचीमा रुपन्देहीबाट प्रज्जवल बोहराको नाम पनि उल्लेख छ ।

त्यस्तै, पार्टी परित्याग गर्नेहरुको सूचीमा पदाधिकारी, कार्यसम्पादन समिति सदस्य, केन्द्रीय सदस्य, प्रदेश सदस्य तथा जिल्ला तहका सदस्यहरु समेत समावेश छन्।
बिहीबारको राजीनामा पहिलो चरणको मात्र भएको बताइएको छ। उनीहरूले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्व शैलीप्रति असन्तुष्टि जनाउँदै हिनभाव, कमजोरी तथा आत्मकेन्द्रित कार्यशैलीका कारण पार्टी आफ्नो मूल नीति र सिद्धान्तबाट विचलित भएको आरोप लगाएका छन्।
राजीनामा दिने नेताहरुले जनता केन्द्रित राजनीति राप्रपाको प्राथमिकता हुने भनिए पनि व्यवहारमा त्यसअनुसार पार्टी सञ्चालन हुन नसकेको भन्दै पार्टी परित्याग गर्न बाध्य भएको बताएका छन्।
क-कसले छाडे पार्टी ? हेर्नुहोस् सूची :







