

काठमाडौं,६ कात्तिक। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा सुरक्षा जोखिमपछि आफ्ना वेबसाइट लगायतका सेवाहरु अस्थायी रुपमा बन्द गरेको छ ।
बैंकले शुक्रबार एक विज्ञप्ती जारी गर्दै वेब प्रविधिमा विश्वव्यापी रुपमा गम्भीर सुरक्षा जोखिम देखिएपछि आफ्नो आधिकारिक वेबसाइट लगायतका सेवाहरु अस्थायी रुपमा बन्द गरेको जानकारी गराएको हो।
Advertisement

Advertisement
Advertisement
उक्त अवधिमा राष्ट्र बैंकसँग सम्बन्धित आवश्यक सूचना जानकारीका लागि बैंकको आधिकारिक सामाजिक संजालमार्फत उपलब्ध गराइने बताइएको छ।

कमेन्ट गर्नुस्





