Close Menu
    What's Hot

    चाडपर्वमा प्लास्टिकका फूल-माला प्रयोग नगर्न सिद्धार्थनगरको आग्रह

    २०८३ कार्तिक १७, सोमबार १४:०७ गते

    सुनको मूल्य एकैदिन १३ हजार ३ सयले बढ्यो, चाँदी पनि महँगियो

    २०८३ कार्तिक २०, बिहीबार ११:४१ गते

    मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

    २०८३ कार्तिक १९, बुधबार १६:४२ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    अर्थ

    सुनको मूल्य एकैदिन १३ हजार ३ सयले बढ्यो, चाँदी पनि महँगियो

    क्लिक लुम्बिनी२०८३ कार्तिक २०, बिहीबार ११:४१ गते0
    विशेष

    मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार १६:४२ गते0
    अर्थ

    भैरहवा भन्सारद्वारा ३३ अर्ब ३४ करोडबढी राजस्व संकलन

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार १२:४७ गते0
    अर्थ

    राष्ट्र बैंकले भोलिदेखि सुनका असर्फी र चाँदीका सिक्का बेच्ने

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार ११:४७ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » बुटवलमा चौथो राष्ट्रिय मिडिया सम्मेलन हुने
    प्रमुख समाचार

    बुटवलमा चौथो राष्ट्रिय मिडिया सम्मेलन हुने

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ असार ४, बिहीबार ११:२५ गते
    advertisement
    advertisement
    advertisement

    बुटवल, ४ असार। नेपाली मिडिया क्षेत्रको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे व्यापक बहस तथा साझा धारणा निर्माण गर्ने उद्देश्यले चौथो राष्ट्रिय मिडिया सम्मेलन २०८३ बुटवलमा आयोजना हुने भएको छ।

    प्रकाशन तथा प्रसारण संघ, लुम्बिनीको आयोजना तथा नेपाल मिडिया सोसाइटीको सह–आयोजनामा आगामी असार ६ र ७ गते रुपन्देहीको बुटवलमा सम्मेलन हुन लागेको हो। “संकटबाट सम्भावनातर्फः नेपाली मिडियाको दिगो भविष्य” भन्ने मूल नारासहित आयोजना हुने सम्मेलनको उपनारा “मिडियामा विश्वसनीयता, विविधीकरण र स्थायित्वको खोजी” रहेको छ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    आयोजकका अनुसार पछिल्ला वर्षहरुमा विज्ञापन बजारको संकुचन, डिजिटल प्लेटफर्मको तीव्र विस्तार, बढ्दो सञ्चालन खर्च, पाठक तथा दर्शकको बदलिँदो व्यवहार र राजस्व स्रोतको कमीका कारण नेपाली मिडिया उद्योग गम्भीर संकटबाट गुज्रिरहेको छ। यही अवस्थालाई मध्यनजर गर्दै मिडियाको दिगो भविष्यका लागि आवश्यक रणनीति र नीतिगत सुधारबारे छलफल गर्न सम्मेलन आयोजना गरिएको हो।

    दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा सञ्चारमाध्यमको वर्तमान अवस्था, सरकारी विज्ञापन नीति, मिडियाको दिगोपन, डिजिटल विज्ञापनको विस्तार, सञ्चारमाध्यमको विश्वसनीयता, विज्ञापन वितरण प्रणाली, राजस्व विविधीकरण, पाठक तथा दर्शक मापन प्रणाली, डिजिटल संक्रमण तथा सञ्चार उद्योगको भविष्यका विषयमा कार्यपत्र प्रस्तुति, प्यानल बहस र अन्तरक्रिया कार्यक्रम हुने महासचिव माधव नेपालले जानकारी दिए।

    उनका अनुसार सम्मेलनको दोस्रो दिन राष्ट्रिय दैनिक पत्रिकाहरुको विशेष भेला पनि आयोजना गरिनेछ। उक्त भेलामा दैनिक पत्रिकाले भोगिरहेका साझा समस्या, वितरण प्रणाली, मुद्रण लागत, विज्ञापन व्यवस्थापन, डिजिटल रूपान्तरण तथा नीतिगत सुधारका विषयमा केन्द्रित छलफल हुने छ।

    सम्मेलनको समापनमा “बुटवल घोषणा–२०८३” जारी गरिनेछ। घोषणामार्फत नेपाली मिडिया उद्योगको दिगोपन, विश्वसनीयता अभिवृद्धि, विज्ञापन वितरण प्रणालीमा पारदर्शिता, नयाँ राजस्व मोडेलको विकास तथा सञ्चारमाध्यम र विज्ञापन बजारबीच सहकार्य विस्तारका विषयमा साझा प्रतिबद्धता सार्वजनिक गरिनेछ।

    यसैगरी सरकारी विज्ञापन वितरण प्रणालीलाई मापदण्डमा आधारित, पारदर्शी र न्यायोचित बनाउन, राष्ट्रिय मिडिया दिगोपन कोष स्थापना गर्न, डिजिटल विज्ञापन बजारको उचित नियमन गर्न तथा स्थानीय सञ्चारमाध्यम संरक्षणका लागि आवश्यक नीति निर्माणमा सम्बन्धित निकायसँग पहल गर्ने अपेक्षा सम्मेलनले राखेको छ।

    देशभरका छापा, रेडियो, टेलिभिजन तथा अनलाइन सञ्चारमाध्यमका सञ्चालक, प्रकाशक, सम्पादक, पत्रकार, सञ्चार विज्ञ, नीतिनिर्माता, विज्ञापन क्षेत्रका प्रतिनिधि तथा अन्य सरोकारवालाको सहभागिता रहने सम्मेलनले नेपाली मिडियाको वर्तमान संकटलाई अवसरमा रुपान्तरण गर्दै दिगो, प्रतिस्पर्धी र विश्वसनीय सञ्चार क्षेत्र निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    प्रकाशन तथा प्रसारण संघ मिडिया सम्मेलन
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    सुनको मूल्य एकैदिन १३ हजार ३ सयले बढ्यो, चाँदी पनि महँगियो

    २०८३ कार्तिक २०, बिहीबार ११:४१ गते

    भैरहवा भन्सारद्वारा ३३ अर्ब ३४ करोडबढी राजस्व संकलन

    २०८३ कार्तिक १९, बुधबार १२:४७ गते

    रोटरी क्लबले मर्चवारमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

    २०८३ कार्तिक १८, मंगलवार २१:४० गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.