
भैरहवा,४ असार। रुपन्देही प्रहरीले बेवारिसे अवस्थामा भारतीय नम्बर प्लेटका दुई वटा गाडी नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्ण कुमार चन्दद्वारा जारी विज्ञप्ति अनुसार, सर्च एण्ड स्विप अपरेशन अन्र्तगत विशेष सूचनाको आधारमा सिद्धार्थनगर नगरपालिका-६ शहिदपथमा बेवारिसे अवस्थामा रहेको दुई वटा गाडी नियन्त्रणमा लिइएको हो ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

बुधवार उक्त स्थानबाट यूपी ५३ बिडी ००२९ र यूपी ५३ डीएफ ६९८० नम्बरको दुई वटा गाडी नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

