


देशका अधिकांश क्षेत्रमा अहिले गर्मी अत्यधिक छ। यस्तो मौसममा तिर्खा मेटाउन धेरैले बजारमा पाइने प्याक्ड जुस, सफ्ट ड्रिंक तथा विभिन्न चिसा पेय पदार्थको सेवन गर्ने गर्छन्। यस्ता पेय पदार्थले केही समयका लागि शीतलता दिए पनि स्वास्थ्यका लागि सधैं उपयुक्त नहुन सक्छन्। बजारमाा उपलब्ध सिलप्याक ड्रिंक्स भन्दा शरीरलाई हाइड्रेट राख्नुका साथै रोग प्रतिरोधी क्षमता बढाउने प्राकृतिक पेय पदार्थको सेवन गर्नु लाभदायक मानिन्छ।
दैनिक खानपानमा भिटामिन ‘सी’ र एन्टिअक्सिडेन्टयुक्त प्राकृतिक पेय पदार्थ समावेश गर्न सके शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउन सहयोग पुग्छ। विशेषगरी गर्मी मौसममा यस्ता पेय पदार्थले शरीरलाई ताजगी दिनुका साथै आवश्यक पोषक तत्त्व पनि उपलब्ध गराउने पोषणविद्हरु बताउँछन्।

प्रतिरक्षा प्रणाली (इम्युनिटी पावर) बलियो बनाउन भिटामिन सी र एन्टिअक्सिडेन्टयुक्त पेय पदार्थहरु अत्यधिक लाभदायक हुन्छन्।
कागती पानी
बिहान मनतातो पानीमा आधा कागतीको रस मिसाएर पिउँदा शरीरले पर्याप्त भिटामिन ‘सी’ प्राप्त गर्छ। साथै यसले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न र रोग प्रतिरोधी क्षमता बढाउन मद्दत पुर्याउँछ।
अमला र चुकन्दरको जुस
अमलामा भिटामिन सी र चुकन्दरमा पाइने पोषक तत्त्वले रगत बढाउनुका साथै इम्युनिटी बुस्ट गर्छ।अदुवा, मह र तुलसीको चियास् अदुवा र तुलसीको रसमा मह मिसाएर खाँदा रुघाखोकी जस्ता संक्रमणबाट बच्न सकिन्छ।
बेसार र दुध
राति सुत्नुअघि मनतातो दूधमा थोरै बेसार मिसाएर पिउने बानीले शरीरको रोग प्रतिरोधी क्षमता बढ्छ।
स्याउको जुस
स्याउमा शरीरलाई आवश्यक विभिन्न पोषक तत्त्व पाइन्छन्। नियमित रुपमा स्याउको सेवन स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। दैनिक एउटा स्याउ खाने बानीले समग्र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ।
ब्रोकाउलीको जुस
ब्रोकाउलीमा पाइने सल्फरयुक्त यौगिकले शरीरमा रहेका विषाक्त पदार्थ हटाउन सहयोग गर्छ। यसको सेवनले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ।
ग्रिन टी
ग्रिन टीमा पाइने ‘पोलिफेनोल’ नामक एन्टिअक्सिडेन्टले शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन सहयोग गर्छ। त्यसैले सीमित मात्रामा ग्रिन टी सेवन गर्नु पनि स्वास्थ्यका लागि लाभदायक मानिन्छ।
गर्मी मौसममा स्वास्थ्यलाई सन्तुलित राख्न बजारमा पाइने अत्यधिक चिनी, कृत्रिम स्वाद र रंग मिसिएका पेय पदार्थको सट्टा प्राकृतिक तथा घरमै तयार गर्न सकिने पेय पदार्थ रोज्नु उपयुक्त हुने पोषणविद्हरुको सुझाव छ।

