


बुटवल,२१ असार। रुपन्देहीको बुटवल उपमहानगरपालिकाको कालिका चोकस्थित लिपमोटर गाडीको आधिकारिक विक्रेता अर्बन मोटर्स प्रालिले लिपमोटर ‘बी १०’ टप भेरियन्ट कारको परिमार्जित मूल्य सार्वजनिक गरेको छ। नेपालको नयाँ कर संरचना अनुसार २०२६ मोडलका लागि साविकको मूल्यमा ५ लाख रुपैयाँ कमी गरिएको हो ।
यसअघि ६० लाख रुपैयाँ रहेको ‘बी १०’ टप भेरियन्टको मूल्य अब ५४ लाख ९९ हजार रुपैयाँ कायम गरिएको अर्बन मोटर्सका सञ्चालक सिम्स थापाले जानकारी दिए। कम्पनीले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा बुटवलमा उक्त गाडी नयाँ मूल्यमै उपलब्ध हुने उल्लेख गरिएको छ।

सञ्चालक थापाका अनुसार लिपमोटर ‘बी १०’ अत्याधुनिक सुविधासहितको इलेक्ट्रिक एसयूभी हो, जसले चालक तथा यात्रुको सुविधा र सुरक्षालाई विशेष प्राथमिकता दिएको छ। यसमा युरो एनक्याप ५–स्टार सेफ्टी रेटिङ, लेबल २ एडीएएस तथा स्ट्यान्डर्ड स्पेयर टायर जस्ता सुरक्षा सुविधाहरु समावेश छन्।
बी १० मा ६७.१ किलोवाट आवर क्षमताको ब्याट्री जडित छ । जसले ६०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्दछ भने १८० मिमीको ग्राउन्ड क्लियरेन्सले नेपालका विभिन्न सडकहरूमा ढुक्कसँग हाँक्ने आत्मविश्वास प्रदान गर्ने नेपालका लागि लिपमोटर गाडीहरूको आधिकारिक वितरक सांग्रिला मोटर्सले जनाएको छ।
गाडीमा ६७.१ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ, जसले ६०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ। साथै, १८० मिलिमिटर ग्राउन्ड क्लियरेन्स भएकाले नेपालको विभिन्न भूगोल र सडकमा ढुक्कसँग हाँक्ने आत्मविश्वास प्रदान गर्ने नेपालका लागि लिपमोटर गाडीहरूको आधिकारिक वितरक सांग्रिला मोटर्सले जनाएको छ।
अर्बनका संचालक थापाले रुपन्देही तथा आसपासका क्षेत्रमा लिपमोटरप्रति ग्राहकको आकर्षण निरन्तर बढिरहेको उल्लेख गर्दै मूल्य घटेसँगै यसको माग अझ बढ्ने विश्वास व्यक्त गरे। ‘एकैपटक ५ लाख रुपैयाँ मूल्य घट्नु सानो कुरा होइन’,उनले भने,‘यसले धेरै ग्राहकलाई लिपमोटरतर्फ आकर्षित गर्ने विश्वास छ।’
लिपमोटरको प्रिमियम क्याबिनमा हिटेड तथा भेन्टिलेटेड सिट, प्यानोरामिक सनरुफ, एन्ड्रोइड अटो र एप्पल कारप्ले कनेक्टिभिटी जस्ता आधुनिक सुविधाहरू उपलब्ध छन्। यी सुविधाले यात्रुलाई आरामदायी, प्रविधिमैत्री र उच्चस्तरीय ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ।
लिपमोटर स्टेलान्टिसद्वारा समर्थित विश्वप्रसिद्ध विद्युतीय सवारी ब्रान्ड हो। स्टेलान्टिसअन्तर्गत मसेराटी, जिप, प्युजो लगायत १४ वटा अग्रणी अटोमोबाइल ब्रान्ड आबद्ध छन्। कम्पनीका अनुसार चीनको अग्रणी ईभी स्टार्टअपका रुपमा स्थापित लिपमोटरले हालसम्म विश्वभर १५ लाखभन्दा बढी गाडी बिक्री गरिसकेको छ। साथै गत जुन महिनामा मात्रै ९३ हजार ३७६ युनिट गाडी ग्राहकलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।
हाल लिपमोटरको ४० भन्दा बढी देशमा १ हजार ७ भन्दा बढी बिक्री तथा सेवा केन्द्र सञ्चालनमा रहेका छन्, जसले ग्राहकलाई विश्वसनीय बिक्रीपछिको सेवा उपलब्ध गराउँदै आएको कम्पनीको दाबी छ।

