


कपिलवस्तु,२२ असार । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले ट्राफिक नियम उल्लङ्घनका क्रममा नियन्त्रणमा लिइएका सवारी साधनसँग सम्बन्धित कागजपत्रहरु (ब्लुबुक, रुट परमिट, सवारी चालक अनुमति पत्र लगायत) सम्बन्धित व्यक्तिले फिर्ता लैजान आग्रह गरेको छ।
विभिन्न मितिमा ट्राफिक कारबाहीका क्रममा नियन्त्रणमा लिइएका कागजपत्रहरु ०८३ असार मसान्त भित्र तोकिएको जरिवाना बुझाएर निस्सा (रसिद)सहित जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा मातहतका पोष्टहरुबाट फिर्ता लिन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख तथा प्रहरी निरीक्षक राजन ढकालका अनुसार, तोकिएको समयमा कागजपत्र नलगे आवश्यक थप कारबाहीका लागि उक्त कागजपत्रहरु यातायात व्यवस्था कार्यालय, बुटवल (रुपन्देही) पठाइने बताए।

