


काठमाडौं,३१ असार। स्थायी र करारका कर्मचारी हटाउने सरकारी तयारीको विरोधमा विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीहरुले बुधबार पनि अर्थ मन्त्रालयमा धर्ना दिएका छन्।
सरकारले आउट सोर्सिङमार्फत काम गराउने नीति लिई आफूहरुलाई हटाउन खोजेको भन्दै उनीहरु सेवा निरन्तरताको माग गर्दै आन्दोलनमा उत्रिएका हुन्। खर्च कटौतीको नीतिका नाममा अस्थायी र करार कर्मचारी हटाउन खोजिएको उनीहरुको भनाइ छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद आशिका तामाङले आन्दोलनरत कर्मचारीको मागबारे जानकारी लिँदै यस विषयमा संसदमा आवाज उठाउने प्रतिबद्धता जनाएकी छन्।

