Close Menu
    What's Hot

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    २०८३ कार्तिक १०, सोमबार १५:०८ गते

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    २०८३ कार्तिक १०, सोमबार १४:२५ गते

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    २०८३ कार्तिक १०, सोमबार १४:०६ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १५:०८ गते0
    विशेष

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १४:२५ गते0
    खेलकुद

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १४:०६ गते0
    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » शुद्धोधनका रामजित लोधले व्यक्तिगत लगानीमा नौ सय विद्यार्थीलाई दिए पोसाक
    प्रमुख समाचार

    शुद्धोधनका रामजित लोधले व्यक्तिगत लगानीमा नौ सय विद्यार्थीलाई दिए पोसाक

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ श्रावण ६, बुधबार २३:४७ गते
    विद्यार्थीलाई पोसाक हस्तान्तरण गर्दै समाजसेवी रामजित लोध। तस्विर-क्लिक लुम्बिनी
    advertisement
    advertisement
    advertisement

    भैरहवा, साउन । रुपन्देहीको शुद्धोधन गाउँपालिका–७ तुनिडिहवाका युवा समाजसेवी रामजित लोधले पालिकाको तीन वटा सामुदायिक विद्यालयमा अध्यनरत ९ सय जना विद्यार्थी र शिक्षकहरुलाई विद्यालय पोसाक उपलब्ध गराएका छन्।

    उनले शुद्धोधन गाउँपालिका–६ स्थित श्री गुरौलिया माध्यमिक विद्यालय, वडा नं. ७ स्थित श्री जनता माध्यमिक विद्यालय र श्री राधाकृष्ण बाल आधारभूत विद्यालयमा अध्ययनरत सबै विद्यार्थी र कार्यरत शिक्षकहरुलाई विद्यालय पोसाक उपलब्ध गराएका हुन्।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    सामाजिक उत्तरदायित्व अन्तरगत व्यक्तिगत लगानीमा सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थी र शिक्षकहरुलाई विद्यालय पोसाक उपलब्ध गराइएको उनले बताए।

    ‘मेरो गाउँठाउँको विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई विद्यालय आउँदा-जाँदा कसैसँग सर्ट छ तर पाइन्ट छैन, कसैसँग पोसाक नै नभएको देखे’,पोसाक हस्तान्तरण कार्यक्रममा उनले भने,‘विद्यार्थीसँग विद्यालय पोसाक छैन भने गाउँपालिका, वडा कार्यालयले दिनुपर्ने दायित्व हो तर गाउँपालिका, वडा कार्यालयले नगरेको देखेपछि आफूले कमाएको केही रकमबाट पोसाक उपलब्ध गराउने निर्णय गरेको हुँ ।’

    उनले आफूले अहिले विद्यार्थीलाई विद्यालय पोसाक उपलब्ध गराएको उल्लेख गर्दै अन्य शैक्षिक सामग्री स्थानीय सरकारले व्यवस्थापन गर्नुपर्ने धारणा राखे।

    ‘मैले व्यक्तिगत खर्चमा विद्यालय पोसाक उपलब्ध गराएको छु। अब विद्यार्थीहरुलाई आवश्यक जुत्ता, टाई, बेल्ट, झोला लगायतका आवश्यक सामग्री गाउँपालिका र वडा कार्यालयले उपलब्ध गराओस् भन्ने मेरो अपेक्षा छ’,उनले भने,‘विद्यार्थीको शिक्षामा गरिने लगानी नै भविष्य निर्माणको आधार हो ।’

    सामुदायिक विद्यालयमा अधिकांश विपन्न परिवारकै विद्यार्थी अध्यापन गर्ने गरेकोले उनीहरुको शिक्षालाई सहज बनाउन स्थानीय सरकारले शिक्षा क्षेत्रमा अझ बढी लगानी गर्नुपर्ने उनको भनाइ थियो।

    उनले पोसाक उपलब्ध गराउने कार्य गाउँपालिका/वडा कार्यालयले गरेको भए आफूलाई वितरणका लागि अगाडी आउनुपर्ने आवश्यकता नभएको र निजी विद्यालय जस्तै सामुदायिक विद्यालयमा पनि अध्यापन हुनुपर्ने भन्दै सरोरकारावालाको ध्यानाकर्षण गराए ।

    ‘शिक्षामा गरिएको सानो सहयोगले पनि ठूलो परिवर्तन ल्याउन सक्छ। कुनै पनि विद्यार्थी आर्थिक अभावकै कारण पढाइबाट वञ्चित हुन नपरोस् भन्ने मेरो चाहना हो। आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा आफ्नो सामर्थ्यअनुसार योगदानलाई निरन्तरता दिनेछु ।’ उनले प्रतिबद्धता व्यक्त गरे।

    विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा स्थानीयवासीले समाजसेवी लोधको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक अभियानले विद्यार्थीमा अध्ययनप्रति थप उत्साह र आत्मविश्वास बढ्ने विश्वास व्यक्त गरेका छन्।

    स्थानीय स्तरमा शिक्षा प्रवर्द्धन तथा विपन्न विद्यार्थीलाई सहयोग पुर्‍याउने उद्देश्यले गरिएको यो कार्यलाई समुदायले उदाहरणीय सामाजिक योगदानका रुपमा प्रशंसा गरेको छ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    पोसाक वितरण रामजित लोध शुद्धोधन गाउँपालिका
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    २०८३ कार्तिक १०, सोमबार १५:०८ गते

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    २०८३ कार्तिक १०, सोमबार १४:२५ गते

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    २०८३ कार्तिक १०, सोमबार १४:०६ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.