

काठमाडौं,९ साउन। नेकपा (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच राजनीतिक कार्यगत एकता गर्ने सहमति भएको छ। दुवै दलले सातै प्रदेशमा सरकार गठनका लागि सहकार्य गर्ने गरी शनिबार तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।
शनिबार भएको निर्णायक वार्तापछि सहमतिपत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दस्तखत गरेका छन्।
Advertisement

Advertisement
Advertisement
सहमति अनुसार, कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने सहमति भएको छ।
यस्तै, मधेश र गण्डकी प्रदेशमा सरकार गठनका विषयमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरुप तय गरिने सहमतिपत्रमा उल्लेख गरिएको छ।
सहमतिअनुसार, दुवै दलले प्रदेश सभामा बजेट निर्माणका क्रममा देखिएका असमझदारी, बजेटविहीन अवस्थालगायत राजनीतिक प्रतिस्पर्धाबाट उत्पन्न समस्याहरु समाधान गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्रता दिने प्रतिबद्धता जनाएका छन्।






