


काठमाडौं,११ साउन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कानुनद्वारा प्रतिबन्धित वस्तुको आयात, भण्डारण तथा बिक्री–वितरण नगर्न चेतावनी दिएको छ।
विभागले सोमबार सूचना जारी गर्दै प्रतिबन्धित वस्तुहरु अनलाइन माध्यम तथा भौतिक बजारमा बिक्री–वितरण भइरहेको गुनासो प्राप्त भएको भन्दै यस्ता कार्य नगर्न चेतावनी दिएको हो ।

विभागले सबै पैठारीकर्ता, सञ्चयकर्ता र बिक्रेतालाई कानुनले तोकेबमोजिम मात्र व्यापार–व्यवसाय सञ्चालन गर्न निर्देशन दिँदै उल्लंघन गरे निकासी–पैठारी (नियन्त्रण) ऐन, २०१३, उपभोक्ता संरक्षण ऐन, २०७५ तथा अन्य प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ।

