

कपिलवस्तु, १३ साउन। कपिलवस्तुमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
हुलाकी राजमार्ग अन्तर्गत कपिलवस्तुको महाराजगंज नगरपालिकास्थित गैडवा चोकमा ना ५ ख २३६४ नम्बरको ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुमध्ये २ जना सडक किनारमा साइकल बनाउँदै थिए भने एक जना बालक साइकल पसल नजिक थिए ।
Advertisement

Advertisement
Advertisement
प्रहरीका अनुसार, मृत्यु हुनेहरुमा महाराजगंज नगरपालिका ३ गनवरियाका ७० वर्षीय र्घोल्लर कुर्मी, ४५ वर्षीय विजय कुमार गुप्ता र १२ वर्षीय बालक आनन्द कश्यप रहेका छन्।
घटना पश्चात ट्रक चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।





