

नेपालगंज,१३ साउन । निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर तीन जना मजदुरहरुको मृत्यु भएको छ।
बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा बुधवार बिहान निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर तीन जना मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement
प्रहरीले जेसीबीको सहायताले सेप्टिक ट्याङ्की फुटाएर तीनै जनालाई मृत अवस्थामा बाहिर निकालेको थियो।
प्रहरीका अनुसार, मृत्यु हुनेमा बाँकेको कोहलपुर नगरपालिका–३ का ४० वर्षीय कालु थारु, २६ वर्षीय प्रकाश थारु र ३३ वर्षीय बिर्जा थारु रहेका छन् ।
मृतकहरुको शवलाई परीक्षणका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





