


बाँके,१३ साउन। सशस्त्र प्रहरी बल, नेपालका एक हवल्दार ब्यारेकमै मृत अवस्थामा भेटिएका छन् ।
बाँकेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्ममा कार्यरत ३८ वर्षीय घनश्याम ढकाल आफू सुत्ने कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।

उनी कैलाली जिल्ला गौरीगङ्गा नगरपालिका– ५ चौमालाका हुन् । प्रहरीका अनुसार, घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
कमेन्ट गर्नुस्

