


काठमाडौं,१७ साउन। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
निगमको सञ्चालक समितिको बैठकले आइतबार मध्यरात देखि लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो।

निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल/मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ र हवाई इन्धनमा प्रति किलोलिटर २० रुपैयाँ बढाएको हो।
नयाँ मूल्यसूची अनुसार, रुपन्देही क्षेत्रमा पेट्रोल,डिजेल,मट्टितेलको मूल्य प्रतिलिटर १ सय ९७ रुपैयाँ ५० पैसा पुगेको छ। एलपी ग्यासको मूल्य भने यथावत् राखिएको आयल निगमले जनाएको छ।

कमेन्ट गर्नुस्

