


भैरहवा,१८ साउन। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले अटो तथा विद्युतीय रिक्सा लगायत तीनपाङ्ग्रे सवारीसाधनको दर्ता तथा रुट इजाजत प्रक्रिया फेरी सुरु गरेको छ।
यसअघि प्राप्त १८८ वटा निवेदनलाई पहिलो चरणमा दर्ता गरी रुट इजाजत प्रदान गर्ने र अन्यको हकमा आवश्यक कागजातसहित ३० दिनभित्र निवेदन पेश गर्न कार्यापालिकाले निर्णय गरेको पालिकाद्वारा जारी गरिएको सूचनामा उल्लेख छ।

मापदण्ड पूरा गरेका सवारीसाधनलाई प्राथमिकताका आधारमा दर्ता तथा रुट अनुमति प्रदान गरिने जनाइएको छ।
साथै, दर्ता र रुट अनुमति बिना अटो तथा विद्युतीय रिक्सा लगायत तीनपाङ्ग्रे सञ्चालमा रोक लगाइएको र संचालन भएको पाइएमा कारबाही गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले बताए।

