


सिन्धुली,१८ साउन। सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा सोमबार बस र कार एकआपसमा ठोक्किँदा कार सुनकोशी नदीमा खसेको छ।
काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र.०८–००१ ख ०१४४ नम्बरको बस र खोटाङबाट खुर्कोटतर्फ आउँदै गरेको सडक विभाग यान्त्रिक कार्यालय मुल्कोटको नम्बर नखुलेको कार एकआपसमा ठोक्किएका थिए।

ठक्करपछि कार करिब ५० फिट तल सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ। दुर्घटनापछि कार चालक सिन्धुपाल्चोकका अन्दाजी ३९ वर्षीय दिलकुमार लामा, स्काइभेटर चालक सिन्धुली गोलान्जोर गाउँपालिका–१ का अन्दाजी २७/२८ वर्षीय गणेश थापा तथा नाम, थर र ठेगाना नखुलेका एक जना हेल्पर नदीमा बेपत्ता भएका छन्। उनीहरूको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।

