


काठमाडौं,२० साउन । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयले लामो समयदेखि बाँकी रहेको बक्यौता रकम असुली प्रक्रिया अघि बढाएको छ। यसअन्तर्गत ६२ वटा जिल्ला शाखालाई २१ दिनभित्र बक्यौता रकम केन्द्रीय कार्यालयको बैंक खातामा जम्मा गर्न निर्देशन दिइएको छ।
महामन्त्री ऋषिरमण खनालद्वारा जारी पत्रमा तोकिएको समयभित्र सम्पूर्ण बक्यौता रकम खातामा जम्मा गरी भौचर वा अन्य प्रमाणसहित केन्द्रीय कार्यालयमा बुझाउन भनिएको छ।

केन्द्रीय कार्यालयका अनुसार, विगतमा विभिन्न निकायबाट भएका अध्ययन, छानबिन, साथै समाज कल्याण परिषद्को सुझावका आधारमा बक्यौता उठाउने प्रक्रिया अघि बढाइएको हो। ती जिल्ला शाखाहरुमा ब्लड ब्याग, किटलगायत विभिन्न शीर्षकमा करिब २५ वर्षदेखि झन्डै २ करोड रुपैयाँ बक्यौता रहेको बताइएको छ।
तोकिएको समयसीमाभित्र रकम जम्मा नगरेमा प्रचलित ऐन, कानुन तथा नेपाल रेडक्रस सोसाइटीको विधानअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने महामन्त्री खनालले चेतावनी दिएका छन्। नेपाल रेडक्रस सोसाइटीमा लामो समयदेखि आर्थिक अनियमितता र बेरुजुका विषय प्रश्न उठ्दै आएको छ।
बक्यौता रकम बुझाउन ताकेता गरिएका जिल्लाहरु :
१. ताप्लेजुङ
२. पाँचथर
३. इलाम
४. झापा
५. संखुवासभा
६. तेह्रथुम
७. धनकुटा
८. मोरङ
९. सुनसरी
१०. भोजपुर
११. सोलुखुम्बु
१२. खोटाङ
१३. उदयपुर
१४. सिराहा
१५. सप्तरी
१६. दोलखा
१७. सिन्धुली
१८. सर्लाही
१९. महोत्तरी
२०. धनुषा
२१. रसुवा
२२. धादिङ
२३. नुवाकोट
२४. काभ्रेपलाञ्चोक
२५. काठमाडौँ
२६. ललितपुर
२७. भक्तपुर
२८. मकवानपुर
२९. बारा
३०. पर्सा
३१. रौतहट
३२. अर्घाखाँची
३३. गुल्मी
३४. नवलपरासी (पश्चिम)
३५. रुपन्देही
३६. कपिलवस्तु
३७. गोरखा
३८. तनहुँ
३९. मनाङ
४०. पर्वत
४१. म्याग्दी
४२. मुस्ताङ
४३. बागलुङ
४४. जाजरकोट
४५. सुर्खेत
४६. बाँके
४७. बर्दिया
४८. रुकुम (पश्चिम)
४९. रोल्पा
५०. सल्यान
५१. प्युठान
५२. हुम्ला
५३. अछाम
५४. बझाङ
५५. बाजुरा
५६. कैलाली
५७. डोटी
५८. दार्चुला
५९. बैतडी
६०. डडेल्धुरा
६१. कञ्चनपुर
६२. नवलपरासी (पूर्व)

