


काठमाडौं,२० साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिकका गुनासा, समस्या र सुझाव प्रत्यक्ष रुपमा सुन्न ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने भएको छ।
पार्टीको साउन १३ गते बसेको केन्द्रीय समितिको बैठकले गरेको निर्णयअनुसार अभियान साउन २५ गतेदेखि केन्द्रीय कार्यालय ‘घण्टीघर’बाट सुरु हुने सहमहामन्त्री हरि ढकालले जानकारी दिए।

अभियानमार्फत नागरिकका गुनासा, समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्ने तथा आवश्यक सहजीकरण गर्ने व्यवस्था मिलाइएको र त्यसका लागि हरेक दिन दुई जना केन्द्रीय सदस्य तथा एक जना प्रतिनिधिसभा सदस्यको अनिवार्य उपस्थिति रहने रास्वपाले जनाएको छ।

