


भैरहवा,२१ साउन । भारतबाट अवैध रुपमा भन्सार छलेर भित्राइएका कपडासहितका विभिन्न सामग्री प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा भन्सार छलेर भित्राइएको २ लाख बढी मूल्य बराबरको कपडालगायतका सामग्री बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी कृष्ण कुमार चन्दका अनुसार, बेलहिया बसपार्कबाट साडी, चिनी, मिठाई लगायत र ओमसतिया गाउँपालिका–१ स्थित कटैयाबाट साडी र लेडिज कुर्ती–सुरुवाल बरामद भएको हो .।
बरामद सामग्री आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको प्रहरीले जनाएको छ ।

