Close Menu
    What's Hot

    ‘दसैंले राष्ट्रिय एकता र सहकार्यको भावना बलियो बनाउँछ’

    २०८३ कार्तिक १, शनिबार १२:४४ गते

    दसैँ बिदामा पनि सिद्धार्थनगर सिटी हस्पिटलका स्वास्थ्य सेवा २४ घण्टा

    २०८३ कार्तिक १, शनिबार १२:३३ गते

    कमजोरी र विकृति हटाएर कांग्रेसलाई सुदृढ बनाउँछौँ : गगन थापा

    २०८३ आश्विन ३०, शुक्रबार १२:३६ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    फोकस लुम्बिनी

    ‘दसैंले राष्ट्रिय एकता र सहकार्यको भावना बलियो बनाउँछ’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १, शनिबार १२:४४ गते0
    विशेष

    दसैँ बिदामा पनि सिद्धार्थनगर सिटी हस्पिटलका स्वास्थ्य सेवा २४ घण्टा

    क्लिक लुम्बिनी२०८३ कार्तिक १, शनिबार १२:३३ गते0
    प्रमुख समाचार

    कमजोरी र विकृति हटाएर कांग्रेसलाई सुदृढ बनाउँछौँ : गगन थापा

    क्लिक लुम्बिनी२०८३ आश्विन ३०, शुक्रबार १२:३६ गते0
    प्रमुख समाचार

    राष्ट्रिय हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राखौं : पूर्वराजा ज्ञानेन्द्र शाह

    क्लिक लुम्बिनी२०८३ आश्विन ३०, शुक्रबार १२:३० गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » कपिलवस्तुको सुषमा यादवले किन छाडिन् नेकपा ?
    प्रमुख समाचार

    कपिलवस्तुको सुषमा यादवले किन छाडिन् नेकपा ?

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ भाद्र १७, बुधबार ११:५३ गते
    advertisement
    advertisement
    advertisement

    कपिलवस्तु, १७ भदौ। लुम्बिनी प्रदेशकी पूर्वसांसद तथा पूर्वअर्थ राज्यमन्त्री सुषमा यादवले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी छन्। उनले प्रदेश कमिटी सदस्य र मायादेवी गाउँपालिका इन्चार्जसहित पार्टीमा आफूले सम्हाल्दै आएका सबै जिम्मेवारीबाट अलग भएको जानकारी दिएकी हुन्।

    राजीनामा पत्रमार्फत यादवले आफू २०७४ सालदेखि पार्टीमा सक्रिय रहँदै नीति, विचार, सिद्धान्त र संगठन निर्माणका क्षेत्रमा निरन्तर योगदान दिएको उल्लेख गरेकी छन्। तर पछिल्लो समय पार्टीभित्र देखिएको राजनीतिक अवस्था, निर्णय गर्ने शैली, संगठन सञ्चालनको तरिका तथा कार्यकर्ताप्रतिको व्यवहारप्रति असन्तुष्टि बढ्दै गएपछि पार्टीबाट अलग हुने निष्कर्षमा पुगेको उनले बताएकी छन्।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    पार्टीभित्र आफूले अपेक्षा गरेको राजनीतिक संस्कार र पारदर्शिता कमजोर बन्दै गएको यादवको भनाइ छ। सामूहिक निर्णयको अभ्यास, जिम्मेवारीप्रतिको गम्भीरता, न्यायोचित व्यवहार तथा कार्यकर्तालाई दिइने सम्मानमा समेत कमी आएको महसुस भएपछि राजीनामा दिने निर्णय गरेको उनले स्पष्ट पारेकी छन्।

    आफ्ना राजनीतिक आदर्श, निष्ठा र आत्मसम्मानमा सम्झौता गरेर पदमा कायम रहनुभन्दा पार्टीबाट बाहिरिनु उचित ठानेको यादवले बताएकी छन्।

    पार्टी सदस्यता त्यागे पनि जनतासँगको आफ्नो सम्बन्ध र सामाजिक दायित्व भने निरन्तर रहने उनको भनाइ छ। जनताको सुख–दुःख, अधिकार, न्याय तथा सामाजिक हितका विषयमा आगामी दिनमा पनि आफ्नो क्षमता र विवेकले भ्याएसम्म आवाज उठाइरहने यादवले प्रतिबद्धता जनाएकी छन्।

    उनले ‘पद छोड्दैमा जनताप्रतिको जिम्मेवारी समाप्त हुँदैन र पार्टी छोड्दैमा जनतासँगको सम्बन्ध टुट्दैन’ भन्दै आफ्नो राजनीतिक यात्रा जनताका मुद्दासँग जोडिएर अघि बढ्ने संकेत गरेकी छन्।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    सुषमा यादव
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    ‘दसैंले राष्ट्रिय एकता र सहकार्यको भावना बलियो बनाउँछ’

    २०८३ कार्तिक १, शनिबार १२:४४ गते

    दसैँ बिदामा पनि सिद्धार्थनगर सिटी हस्पिटलका स्वास्थ्य सेवा २४ घण्टा

    २०८३ कार्तिक १, शनिबार १२:३३ गते

    कमजोरी र विकृति हटाएर कांग्रेसलाई सुदृढ बनाउँछौँ : गगन थापा

    २०८३ आश्विन ३०, शुक्रबार १२:३६ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.