

भैरहवा,३१ असोज। रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर सिटी हस्पिटलले दसैँ पर्वको बिदामा पनि आकस्मिक तथा विशेषज्ञ स्वास्थ्य सेवाहरु २४ घण्टा सञ्चालन गर्ने भएको छ।
चाडपर्वका बेला बिरामीले सहज र समयमै उपचार सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले अस्पतालले बिदाको अवधिमा पनि नियमित रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने जनाएको छ। अस्पतालले विगत एक दशकभन्दा अघिदेखि नै दसैँलगायतका चाडपर्वमा समेत आकस्मिक तथा आवश्यक स्वास्थ्य सेवाहरु निरन्तर प्रदान गर्दै आएको छ।
Advertisement

Advertisement
Advertisement
अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले चाडपर्वका समयमा पनि बिरामीको उपचारमा कुनै अवरोध हुन नदिन अस्पतालले स्वास्थ्य सेवाहरु निरन्तर सञ्चालनमा राख्ने जानकारी दिए।
अस्पताल प्रशासनका अनुसार, विदा अवधिमा अर्थोपेडिक सर्जरी, न्युरो सर्जरी, जनरल सर्जरी, ईएनटी सर्जरी, स्त्रीरोग तथा प्रसूति सेवा, सिजेरियन (सीएस) तथा सामान्य प्रसूति सेवाका साथै आईसीयू, एनआईसीयू र आकस्मिक उपचार सेवा उपलब्ध रहनेछन्।
दसैँलगायतका चाडपर्वमा आकस्मिक स्वास्थ्य समस्याको जोखिमलाई मध्यनजर गर्दै अस्पतालले आवश्यक जनशक्ति तथा उपचार सेवाको निरन्तरतामा जोड दिएको जनाएको छ।
बिदाका समयमा पनि बिरामीले समयमै उपचार पाउने र आपतकालीन अवस्थामा सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण सुनिश्चित गर्नु अस्पतालको प्राथमिकता रहेको जनाइएको छ।





