

काठमाडौं,१७ भदौ। प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढीबाट भएको क्षति रसुवा, नुवाकोट र धादिङको मात्र नभई सिंगो नेपालको छातीमा परेको बज्रपात भएको बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले भोटेकोशी बाढीले पुर्याएको क्षति कुनै एक जिल्ला वा क्षेत्रको पीडा नभई समग्र राष्ट्रकै साझा दुःख भएको बताए।
Advertisement

Advertisement
Advertisement
प्रधानमन्त्री शाहले अहिले शरीर थकित भयो भनेर विश्राम लिने छुट नभएको बताए। ‘मन भक्कानिए पनि एक–आपसमा बिलौना गर्ने अवस्था छैन,’उनले भने।
देशको नेतृत्वले आँसु होइन,जनतालाई आड र भरोसा दिनुपर्ने यथार्थलाई आफूहरुले स्वीकार गरेको उनले बताए। ‘यसैले दृढ संकल्पका साथ यो विपत्तिसँग लड्नुको अर्को विकल्प हामीसँग छैन। हामी लडिरहेका छौँ,’प्रधानमन्त्री शाहले भने।





