Close Menu
    What's Hot

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    २०८३ कार्तिक ३, सोमबार १९:३९ गते

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    अर्थ

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३८ गते0
    विशेष

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १८:३१ गते0
    फोकस लुम्बिनी

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १७:५२ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » भैरहवा विमानस्थलको जग्गा व्यक्तिको नाममा : मालपोत प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
    प्रमुख समाचार

    भैरहवा विमानस्थलको जग्गा व्यक्तिको नाममा : मालपोत प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ भाद्र १७, बुधबार १७:१६ गते
    advertisement
    advertisement
    advertisement

    सलमान खान
    भैरहवा, १७ भदौ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (रनवे) समेत क्षेत्रको जग्गा व्यक्तिको नाममा दर्ता कायम प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन प्रमुख कुमार आचार्य, तत्कालीन नायव सुब्बाद्वय लक्ष्मण प्रसाद न्यौपाने र अजित कुमार साहनी (चाई) ,तत्कालीन खरिदार मेघबहादुर भुजेल मगर र जग्गाधनी पर्वतराज कान्त मिश्रविरुद्ध बुधबार विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    उनीहरुविरुद्ध ४ करोड ५३ लाख ४१ हजार ८०० रुपैयाँ बिगो कायम गरी कैद, बिगोबमोजिम जरिवाना तथा बिगो असुलउपर गर्न माग दावी गरिएको छ।

    सरकारका नाममा दर्ता श्रेस्ता कायम गर्न बाँकी रहेकै अवस्थामा हदबन्दीका कारण छाडिएको जग्गा दर्ता गर्ने विषयमा निवेदन परेपछि भुमीसुधार कार्यालय र स्थानीय तहसमेतको सरोकारवालाहरुलाई पूर्ण वेवास्ता गरी व्यक्ति विशेषको नाममा दर्ता गराएको उनीहरुमाथि आरोप छ।

    आयोगका अनुसार, साविक भुजौली ९ (ख) को विभिन्न कित्ताको जग्गा सुर्जा मिश्राइनको जोतभोगमा रहेको र हदबन्दी लागेको जग्गा वि.स. २०२२ सालमा कालीजी मन्दिरलाई दान दिएको खुलेको छ । वि.सं. २०२६ सालको सर्भे नापीमा समेत ती जग्गा कालीजी मन्दिरलाई दान गरिएको उल्लेख छ।

    अनुसन्धानका क्रममा हदबन्दीमा परी सार्वजनिक÷सरकारी प्रकृतिको भएको जग्गा पछि पर्वतराज कान्त मिश्रले नाता कायम गराई जग्गा दर्ता गर्न मालपोत कार्यालय रुपन्देहीमा निवेदन दिएको र सोही आधारमा प्रक्रिया अघि बढाइएको पाइएको आयोगले जनाएको छ।

    त्यसपछि उक्त जग्गा नागरिक उड्डयन प्राधिकरण (गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल) को नाममा नामसारी भएपछि प्राप्त हुने मुआब्जा रकमसमेत लिनेदिने गरी रुपन्देही जिल्ला अदालतमा मिलापत्र गरिएको र उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट समेत आवश्यक निर्णय गर्न परमादेश जारी भएको विषय अनुसन्धानमा देखिएको आयोगको भनाइ छ।

    आयोगका अनुसार, भूमिसम्बन्धी कानुनको सामान्य कार्यविधिसमेत पालना नगरी हदबन्दी लागेको सरकारी÷सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गराउने कार्य गरेको उनीहरुमाथि आरोप छ । त्यस्तै, दर्ता नै नभएको जग्गाका विषयमा आपसी मिलेमतोमा लेनदेन गर्ने गरी कृतिम मनसायले तयार गरिएको दुषित मिलापत्रलाई उच्च अदालतको परमादेशको गलत अर्थ लगाई कार्यान्वयन गरिएको आयोगको दाबी छ ।

    हेर्नुहोस् विज्ञप्ति :

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    अख्तियार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा विमानस्थल भैरहवा विमानस्थल जग्गा प्रकरण भ्रष्टचार विशेष अदालत
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    २०८३ कार्तिक ३, सोमबार १९:३९ गते

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.