Close Menu
    What's Hot

    ‘दसैंले राष्ट्रिय एकता र सहकार्यको भावना बलियो बनाउँछ’

    २०८३ कार्तिक १, शनिबार १२:४४ गते

    दसैँ बिदामा पनि सिद्धार्थनगर सिटी हस्पिटलका स्वास्थ्य सेवा २४ घण्टा

    २०८३ कार्तिक १, शनिबार १२:३३ गते

    कमजोरी र विकृति हटाएर कांग्रेसलाई सुदृढ बनाउँछौँ : गगन थापा

    २०८३ आश्विन ३०, शुक्रबार १२:३६ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    फोकस लुम्बिनी

    ‘दसैंले राष्ट्रिय एकता र सहकार्यको भावना बलियो बनाउँछ’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १, शनिबार १२:४४ गते0
    विशेष

    दसैँ बिदामा पनि सिद्धार्थनगर सिटी हस्पिटलका स्वास्थ्य सेवा २४ घण्टा

    क्लिक लुम्बिनी२०८३ कार्तिक १, शनिबार १२:३३ गते0
    प्रमुख समाचार

    कमजोरी र विकृति हटाएर कांग्रेसलाई सुदृढ बनाउँछौँ : गगन थापा

    क्लिक लुम्बिनी२०८३ आश्विन ३०, शुक्रबार १२:३६ गते0
    प्रमुख समाचार

    राष्ट्रिय हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राखौं : पूर्वराजा ज्ञानेन्द्र शाह

    क्लिक लुम्बिनी२०८३ आश्विन ३०, शुक्रबार १२:३० गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » लुम्बिनीका मुख्यमन्त्री र इजरायली राजदूतबीच के भयो कुराकानी ?
    प्रमुख समाचार

    लुम्बिनीका मुख्यमन्त्री र इजरायली राजदूतबीच के भयो कुराकानी ?

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ भाद्र १८, बिहीबार १३:५१ गते
    advertisement
    advertisement
    advertisement

    दाङ,१८ भदौ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासबीच भेटवार्ता भएको छ।

    बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा भएको भेटमा नेपाल इजरायल सम्बन्ध, शिक्षा, कृषि, प्रविधि, पर्यटन तथा सीप हस्तान्तरणका विषयमा छलफल भएको हो।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    भेटमा मुख्यमन्त्री आचार्यले नेपाल र इजरायलबीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै शिक्षा र प्रविधिको क्षेत्रमा इजरायलले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे। उनले कृषि, शिक्षा र प्रविधिको क्षेत्रमा थप सहकार्य गर्न सकिने बताए।

    मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश कृषि, पर्यटन र शिक्षाका क्षेत्रमा ठूलो सम्भावना बोकेको प्रदेश भएकाले इजरायलसँगको सहकार्यलाई थप विस्तार गर्न प्रदेश सरकार इच्छुक रहेको बताए। विशेषगरी कृषि क्षेत्रमा इजरायलको प्रविधि, ज्ञान र सीपलाई प्रदेशका किसान तथा युवासम्म पु¥याउन सहकार्य गर्न सकिने उनको भनाइ थियो।

    लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले प्रदेशको समग्र अवस्था तथा प्राथमिकताका विषयमा जानकारी गराए। उनले शिक्षा, कृषि र प्रविधिको क्षेत्रमा साझेदारीका लागि प्रदेश सरकारले प्राथमिकता दिने बताए।

    इजरायली राजदूत बासले कृषि क्षेत्रमा सञ्चालन हुँदै आएको ‘पढ्दै सिक्दै’ कार्यक्रममार्फत भइरहेको साझेदारीलाई थप प्रभावकारी बनाउन सकिने बताए। उनले युवालाई कृषि क्षेत्रमा व्यावहारिक ज्ञान र सीप प्रदान गर्ने ११ महिनाको ‘लर्न एन्ड अर्न’ कार्यक्रमलाई थप विस्तार गर्न सकिने जानकारी गराए।

    राजदूत बासले बाढी तथा पहिरोका कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्पछिको अवस्थामा मनोसामाजिक परामर्श लगायतका क्षेत्रमा समेत सहयोग गर्न सकिने बताए।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    इजरायली राजदूत लुम्बिनी प्रदेश
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    ‘दसैंले राष्ट्रिय एकता र सहकार्यको भावना बलियो बनाउँछ’

    २०८३ कार्तिक १, शनिबार १२:४४ गते

    दसैँ बिदामा पनि सिद्धार्थनगर सिटी हस्पिटलका स्वास्थ्य सेवा २४ घण्टा

    २०८३ कार्तिक १, शनिबार १२:३३ गते

    कमजोरी र विकृति हटाएर कांग्रेसलाई सुदृढ बनाउँछौँ : गगन थापा

    २०८३ आश्विन ३०, शुक्रबार १२:३६ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.