


काठमाडौं,२१ भदौ। नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच आइतबार भेटवार्ता भएको छ। भेटमा कांग्रेसभित्र देखिएको आन्तरिक समस्या समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने विषयमा छलफल भएको बताइएको छ।
कोइरालाले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा रहेको भन्दै यस्तो अवस्थामा कांग्रेस एकढिक्का भएर अघि बढ्नुपर्ने बताएका छन्। पार्टी एकताका लागि आफू आवश्यक त्याग गर्न तयार रहेको उनको भनाइ थियो। जवाफमा सभापति थापाले पनि आफू पार्टी एकताको पक्षमा रहेको बताएका थिए।

भेटवार्तामा पार्टीभित्रको आन्तरिक समस्या समाधान गर्दै कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने विषयमा समेत छलफल भएको जनाइएको छ ।
भेटमा रसुवामा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित रसुवा, नुवाकोट र धादिङको पछिल्लो अवस्थाबारे समेत छलफल भएको थियो। राहत, पुनर्स्थापना र प्रभावित क्षेत्रमा कांग्रेसले खेल्नुपर्ने भूमिकाका विषयमा पनि दुई नेताबीच कुराकानी भएको जनाइएको छ।

