


महोत्तरी,३१ भदौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयले नापी कार्यालय बर्दिवासका सर्वेक्षकलाई घुससहित पक्राउ गरेको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, जग्गाको अंशबण्डा मुताविकको नक्सा ट्रायल चेक गरी नक्सा संशोधन गरिदिनका लागि सेवाग्राहीसँग माग गरेको एक लाख रुपैयाँ घुससहित सर्वेक्षक शिवकुमार साहलाई नियन्त्रणमा लिइएको हो ।

साहविरुद्ध विशेष अदालतबाट भ्रष्टाचार सम्बन्धी मुद्दामा म्याद लिएर अनुसन्धान अगाडि बढाइएको आयोगले जनाएको छ।
कमेन्ट गर्नुस्

