


परासी, ३ असोज । सशस्त्र प्रहरीले भारतबाट भन्सार छलेर भित्राइएको मोबाइल पार्टसहरु बरामद गरेको छ।
बर्दघाट नगरपालिका-४ स्थित एसमोडको झाडीमा लु्काएर राखिएको ८० लाख ३० हजार रुपैयाँ बराबरको मोबाइल पार्टसहरु बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण नवलपरासी पश्चिका सूचना अधिकारी एंव डीएसपी मनोज गुरुङले जानकारी दिए ।

उनका अनुसार, बरामद गरिएका सामानहरुमा मोबाइलको ब्याट्री, टेम्पर ग्लास, एअरबर्ड्स, स्मार्ट वाच र स्पिकरलगायत रहेका छन्।
बरामद सामग्रीलाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।

